बढ्यो आज सुनको मूल्यमा दुई हजार रुपैयाँ

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्चमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

गएको पुस १२ गते छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो नै यसअघिको उच्च मूल्य थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय