गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त

काठमाडौं। संघमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारमा प्रतिक्रिया उत्पन्न हुन थालेको छ। सोहीअनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री पाण्डेले दुई मन्त्रीलाई बर्खास्त गरेर दुवै मन्त्रालय आफू मातहत राखेका हुन्। मुख्यमन्त्री पाण्डेले बर्खास्तीको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन्। गण्डकी सरकारमा माओवादी केन्द्रबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली सहभागी थिए।

वैशाख १४ गते नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनको नेतृत्वमा बनेको ७ सदस्यीय मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रका २ मन्त्री थिए। संघमा काँग्रेससमेत सम्मिलित गठबन्धन भत्काएर एमाले-माओवादीलगायत दलहरूबीच नयाँ गठबन्धन बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय