लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं। राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९र८० पेस भएको छ। सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरे।

बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए।

बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय