काठमाडौं । नेकपा (एमाले)ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।
आज बसेको सचिवालय बैठकले आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिने पोखरेलले बताए ।