अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट

काठमाण्डौ । अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट भएको छ । क्राइसचर्चमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पहिलो दिनको खाना समय अघि नै १ सय ६२ रनमा अलआउट भयो ।

उसका लागि टम लाथमले सर्वाधिक ३८ तथा म्याट हेनरीले २९, टिम साउथीले २६ र टम ब्ल्नडेलले २२ रन बनाए । अष्ट्रेलियाका जोश हजलउडले पाँच तथा मिचेल स्टार्कले तीन विकेट लिए ।

आजै अष्ट्रेलियाले आफ्नो पहिलो पारीको ब्याटिङ थालेको छ । दुई खेलको शृङ्खलामा पहिलो खेल अष्ट्रेलियाले जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय