लगातार बढेको सुनको मूल्य आज स्थिर, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा तीन दिन देखि लगातार बढी रहेको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय