बन्दुधकारीद्वारा २८० बढी विद्यार्थी अपहरण

एजेन्सी । नाइजेरियामा बन्दुकधारीले २ सय ८० भन्दा बढी स्कुले बालबालिका अपहरण गरेका छन्। उत्तर–पश्चिमी सहर कुरिगाबाट बन्दुकधारीले ठूलो संख्यामा बालबालिका अपहरण गरेको अधिकारीहरुले जनाएका छन्।

एक प्रत्यक्षदर्शीका अनुसार बिहान साढे ८ बजे विद्यालयको प्रार्थनासभा चलिरहेका बेला दर्जनौँ मोटरसाइकलमा आएका बन्दुकधारीले बालबालिकालाई जबरजस्ती मोटरसाइकलमा हालेर भागेका थिए। यसरी अपहरणमा पर्नेमा ८ देखि १५ वर्ष उमेरका बालबालिका छन्।

बन्दुकधारीले एक शिक्षकलाई पनि अपहरण गरेका छन्। यो समूहले उत्तर–पश्चिमी नाइजेरियाबाट पछिल्ला केही वर्षयता सयौँ मानिसको अपहरण गरिसकेको छ। कडुना राज्यका गभर्नर उबा सानीले एक सरकारी माध्यामिक तहको विद्यालयका १ सय ८७ र प्राथमिक विद्यालयका १ सय २५ छात्र बेपत्ता भएको पुष्टि गरेका छन्। जसमध्ये २५ छात्र भने सम्पर्कमा आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय