लोसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको पदाधिकारी बैठक बस्दै छ ।

केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न आज शनिबार बैठक बोलाएको महासचिव डा। सुरेन्द्रकुमार झाले जानकारी दिए।

बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्ने झाले बताए।

फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल गठन गरेको थियो। कार्यदलले काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय