माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज शनिबार बस्दैछ।

बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले बताए। बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले जानकारी दिए।

प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले अर्को समीकरणको कसरत गरिरहेकाले प्रधानमन्त्री पुषपकमल दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।

उनले सोमबारकै बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसकै विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय