राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदका लागि पर्सी सोमबार उमेदवारी दर्ता गर्न सकिने भएको छ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो ।

विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीले जानकारी दिए । कसलाई उमेदवार बनाउने त्यो भने निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिए । यसका लागि भोलिबाट छलफल सुरु गर्ने उनको भनाइ छ ।

यही फागुन २९ गतेका लागि राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय