नेपाल हङकङसंग ७३ रनले पराजित

काठमाडौं । मैत्रीपूर्ण ट्वान्टी–२० क्रिकेटमा नेपाल हङकङसंग ७३ रनले पराजित भएको छ ।

शनिबार हङकङमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा भ्रमणकारी नेपालले १६.४ ओभरमा अलआउट हुनुअघि १३९ रन मात्र बनाउन सक्यो ।

नेपालको पारीमा विनोद भण्डारीले सर्वाधिक ४२ रन जोडे । आरिफ शेखले ३८, कप्तान रोहित पौडेलले ३० रन बनाए । अरू कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हङकङका ऐजाज खानले चार, इसान खानले तीन र एटीक इक्बाल र नर्सुल्ला रानाले समान एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय