काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले भोलि (आइतबार) जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मन्त्री बनेकाहरूको शपथ लिने र त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका हुन् ।