सुनको मूल्यमा आज नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत बिहीबारको उच्च मूल्यलाई आज तोडेको महासंघले जनाएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबारको तुलनामा चाँदीको मूल्य पाँच रुपैयाँ वृद्धि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय