जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री बने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर फेरि सरकार विस्तार भएको छ । जसपाका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साहले शपथ लिएका हुन् । जसपाका अध्यक्ष यादव र सांसद साहले मन्त्री पदको शपथ लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ ।

नेकपा (एमाले), माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भएका मन्त्रीहरूले फागुन २१ र २३ गते नै शपथ ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय