कांग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

सभापति शेरबहादुर देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने छ । प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका पदाधिकारी, महामन्त्री पदेन सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय