प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरले थर्कमान छन्: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुपर्ने डरले थर्कमान रहेको टिप्पणी गरेका छन्।

आज ललितपुरको गोदावरीमा भएको एक् कार्यक्रममा उनले प्रधानमन्त्रीको कुर्सी बन्नुभन्दा पहिलादेखि नै हल्लिएको बताए। यस्तै उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गरे।

उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए। उनले नेपाली राजनीति फोहोरी खेलमा गएको दावीसमेत गरे। उनले राजनीति विकृत बनाएको कारणले गर्दा पद लोलुपता देखिने गरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय