राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्ष पदका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ। आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुने संसद सचिवालयले जारी गरेको निर्वाचन तालिकामा उल्लेख गरिएको छ।

राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएका छन्।सचिवालयका अनुसार अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय