राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माद्वारा उम्मेदवारी दर्ता

काठमाडौं। राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा) का शेखरकुमार सिंह छन्। राष्ट्रियसभा अध्यक्षको मतदान भोली मंगलबार हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय