काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक नेपालको निर्देशक फारिस हदाद जर्भोसबीच भेटवार्ता भएको छ।
सोमवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। मन्त्री पुनसँग आइतवार नेपालका लागि बेलायती राजदूत रोब फेन र अमेरिकी राजदूत डिन आर.थम्पसनले पनि मन्त्रालय पुगेर भेटवार्ता गरेका थिए।