ओमानको खाडीमा संयुक्त अभ्यास शुरु

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास शुरु भएको छ। चीनको रक्षा मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिअनुसार सोमाबार शुरु भएको अभ्यास शुक्रबारसम्म चल्नेछ।

चीनले अभ्यासमा सहभागिता जनाउन निर्देशित-मिसाइल विनाशक उरुम्की, निर्देशित-मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने जनाएको छ।

यो क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो। गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा जहाजहरूमा आक्रमण शुरु गरेकाले यो वर्षको संयुक्त अभ्यासको चरण यो क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय