पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं। हङकङमा जारी त्रिकोणात्मक टी–२० सीरीजको खेलमा नेपालले पपुवा न्यूगिनीलाई ८५ रनले पराजित गरेको छ। मंगलबार बिहान भएको १९९ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको पपुवा न्यूगिनीको टीम ११३ रनमै अल आउट भएको हो।

पिएनजीका लागि हिरी हिरीको २८ रन, सेसे बाउले २१ रन, टोनी उराले १३ रन र नोसेना पोकानाले १२ को योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका सन्दिप जोराले ५६ रन बनाए। यस्तै, कुशल भुर्तेलले ५९ रन बनाए भने विवेक यादवले ४ बलमा १९ रन बनाए ।

त्यस्तै गुल्सन झा १५ रनमा नटआउट रहे। कप्तान रोहित पौडेल एक, विनोद भण्डारी २७, आरिफ शेख ४ र लोकेश बम १४ रनमा आउट भए । पीएनजीका असद भालाले २ विकेट लिए।

आजै पिएनजी र हङकङबीच पनि खेल हुनेछ।यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल भोलि हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय