सुनको मूल्य लगातार स्थिर

काठमाडौं । सुनको मूल्य आज पनि स्थिर छ । गत आइतबारदेखि सुन एउटै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, तीन दिनयता सुनको मूल्य यही कायम छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय