काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।
दाहाल पाँचदलिय गठबन्धनका उम्मेदवार हुन् । उनी माओवादी नेता समेत रहेका दाहाल प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइसमेत हुन् ।
यस्तै कांग्रेसबाट युवराज शर्मा उम्मेदवार थिए । मतदानमा ५६ सांसदको सहभागिता रहेको थियो। जसमा अध्यक्षमा निर्वाचित दाहालले ३९ र शर्माले १७ मत प्राप्त गरे ।