प्रहरी अधिकारी बन्न अष्ट्रेलिया आएका २९ वर्षीय बेलायती युवकको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा एक बेलायती नागरिकको ज्यान गएको छ । मगनीको खुसीयाली मनाइरहेको बेलामा लडेपछि बेलायती युवक २९ वर्षका लियाम ट्रिमरको ज्यान गएको हो ।

ट्रिमर प्रहरी अधिकारी बन्नका लागि अष्ट्रेलिया आएको खुलेको छ । आइतबार पश्चिम अष्ट्रेलियास्थित घरमा सो दुर्घटना भएको बताइएको छ । उनी वरिष्ठ हलवदार थिए । उनी कसरी लडे भन्नेबारे प्रहरीले थप विवरण दिएको छैन । ट्रिमर सन् २०१३ मा प्रहरीमा भर्ती हुन बेलायतबाट अष्ट्रेलिया बसाई सरेर आएका थिए ।

सन् २०१७ मा एकेडेमी तालिम पूरा गरेपछि उनी पूर्वी पर्थबाट करिब ६०० किमी पर रहेको कालगूरिल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय