राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । आज शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

सिंहदरबारमा उनलाई राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, संसद् सचिवालयमा महासचिवसहितले स्वागत गरेका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले महत्त्पपूर्ण विधेयकलाई अघि बढाउनका लागि सबै दललाई साथमा लिएर अघि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय