यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ । सोमबार (फागुन २८ गते) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई गृहमा सरुवा गरिएको हो ।

गृहका सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका तीन कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा र दुई सहसचिवको सरुवा समेत गरेको छ । सो बैठकबाट यीसहित १३ निर्णय गरिएको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय