बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची छ। मंगलबारको बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले प्रतिवेदन टेबुल गरेका थिए।

बजेट कार्यन्वयनमा लामो समय विवाद भएपछि बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्षबीचको सहमतिलगायत विषयमा अध्ययन तथा परामर्श गरी हिजोको बैठकमा प्रतिवेदन पेश गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय