शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिर क्रयानबर्नमा विशेष पूजाआजासहित भजनकीर्तन

मेलवर्न । आस्था नेपाली हिन्दू समाज भिक्टोरियाको आयोजनामा शिवरात्रीको अवसरमा क्र्यानबर्नस्थित पशुपतिनाथ मन्दिरमा महाशिवरात्री पर्व मनाइएको छ । मन्दिरका मुख्य पुजारी शंकर गौतमले शुक्रवार बिहान ८ बजे देखि १० बजे सम्म हिन्दू परम्परा र विधिपूर्वक पूजाआजा गराएका थिए भने सो दिनभर भक्तजनहरुको सहभागिता रहेको थियो ।

शिवरात्रीकै अवसर पारी समाजले सोमबार विशेष पूजा र भजनकीर्तन आयोजना गरेको थियो जसमा प्रमुख अतिथि संघीय सांसद क्यासान्ड्रा फर्नान्डो र अतिथि मनोज कुमार, निर्मल सिंह रामधारी तथा साउथ एशिया टाइम्सका सम्पादक निरज नन्दाको उपस्थिति रहेको थियो । विशेष पूजामा सहभागी हुँदै सांसद क्यासान्ड्राले आफूलाई भगवानमा सदैव विश्वास रहेको भन्दै उक्त पूजा समारोहमा सहभागी हुन पाउँदा धेरै सम्मानित महसुस गरेको बताइन् । उनले आस्था समाजले राम्रो काम गरेको बताउँदै आफूले सक्ने सम्मको सहयोग गर्ने आश्वासन समेत दिइन् ।

समाजका अध्यक्ष डा. राजु अधिकारीले मन्दिरको लक्ष्य, उद्देश्य र भिक्टोरियाको बहुसांस्कृतिकतामा यसले पर्ने सक्ने सकारात्मक प्रभावका बारेमा प्रकाश पार्दे उपस्थित श्रद्धालु भक्तजन तथा सहयोगदाता प्रति आभार व्यक्त गरे ।

यो पनि पढौंः आस्था नेपाली हिन्दू समाजद्वारा क्र्यानबर्न साउथमा पशुपतिनाथको मूर्ति स्थापना

कार्यक्रममा समाजका सचिव जनक गौतमले सबै अतिथिहरुलाई खादासहित स्वागत गरेका थिए । महासचिव डा. एकिन्द्र तिमिल्सेनाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

समाजका उपसभापति लाल प्रसाद कँडेलले यस अभियानमा सानो ठूलो सहयोग सहयोग गर्ने सम्पूर्ण दाताहरुप्रति सम्मान व्यक्त गर्दै समाजको निमन्त्रणालाइ स्वीकार गरेर सहभागी भएकोमा प्रमुख अतिथि, अतिथिहरू र भक्तजनहरूपति आभार व्यक्त गरे । उनले मन्दिर गतिविधिहरूबारे जानकारी समेत प्रदान गरेका थिए । कार्यसमिति सदस्य टंक कँडेल र शिव न्यौपाने लगायत भजनमण्डलीद्वारा प्रस्तुत भजनकीर्तनले सबै अतिथिहरू र भक्तजनहरुलाई नचाएको थियो । भजन कीर्तन र नाँचगान पछि प्रसाद वितरण गरिएको थियो।

यस्तै सोमबार भएको भजनकीर्तन तथा जमघट समारोहमा प्रसादको प्रायोजन हरि शर्मा र उनको परिवारले गरेका थिए । यसपछिको अर्को कार्यक्रम राम नवमी अप्रिल १७ मा हुने र सो भन्दा अगाडी अप्रिल महिनाको पहिलो सोमबार नियमित भजनकीर्तन र पूजा हुने कुराको जानकारी पनि दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय