काठमाडौं । कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु भएको छ।
मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा अछाको पन्चदेवल विनायक–५ का सुरत बहादुर कठायत, काठमाडौं नागार्जुन–२ का सुजन कार्की र धनुषा वेंगादवार–३ का धिरज गुर्मछाने मगर रहेको नेपाली राजदूतावास कुवेतले जनाएको छ।
प्रहरीले ठक्कर दिने गाडी चालकलाई पक्राउ गरेको छ।