आईसीसीको अध्यक्ष ग्रेग नेपाल आउँदै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनी मार्च १८ देखि २१ सम्म नेपाल भ्रमणमा रहनेछन् । नेपालमा उनले त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको औपचारिक भ्रमण गर्नेछन् ।

क्यानले एक विज्ञप्तिमार्फत बार्कलेको भ्रमणले आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेवपालको खेलकुद विकासमा महत्त्वपूर्ण कदम हुने जनाएको छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री र खेलकुद मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय