विराटनगर। उदयपुरको बेलका नगरपालिका–७ मा भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा नै ६ जनाको शव भेटिएको नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।
घाइते ७ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज ३२९३ नम्बरको बोलेरो जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ।