प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिन्छौँ: राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता जनाएका कुराहरू पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग नेता पाण्डेले आफ्नो पार्टीले प्रधानमन्त्रीसँग गरेका प्रतिबद्धता पूरा नभए आफूहरु सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्रीका प्रतिबद्धता पूरा नभए आगामी आर्थिक वर्षको बजेटमा समर्थन दिन नसक्ने उनको भनाइ थियो । यस्तै आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय