राजनीतिक व्यक्ति नै भ्रष्टाचारमा मुछिने विकृति बढेको चित्रबहादुर केसीको आरोप

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक व्यक्ति नै भ्रष्टाचार र अनियमिततामा मुछिने विकृति बढेको उल्लेख गर्दै यसले जनतामा निराशा बढेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले भने, ‘जसरी पनि चुनाव जित्नुपर्ने र सरकारमा सामेल भएर खर्च उठाउने प्रवृत्ति बढ्यो। यो संसदीय व्यवस्थाको नकारात्मक प्रवृति हो। यसबाट अधिकांश नेता कार्यकर्ताहरु सिकार भएका छन्।’

अध्यक्ष केसीले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले सुनतस्करी र अनुचित लेनदेनमा मुछिएका प्रभावशाली व्यक्तिलाई सरकारले कारवाही नगरेकोमा गुनासो गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय