गर्ल्स होस्टेलकी विद्यार्थीमाथि दुर्व्यवहार गर्ने सञ्चालक पक्राउ

काठमाडौं । गर्ल्स होस्टेलका विद्यार्थीमाथि दुर्व्यवहार गर्ने महिला सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी कटुवाल रहेकी छन् ।

उनले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टेलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् ।

छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा बाहिरिएको र पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय