काठमाडौं । गृहमन्त्री लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार आज बिहान पुगेका गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका हुन् । यसअघि जाँचबुझ आयोगले हिजो गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
गृहमन्त्रीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।