सुनको मूल्य आज चार सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो ।

जसअनुसार सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय