कांग्रेस सांसद प्रदीप पौडेलले मागे गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दै पौडेलले लामिछानेमाथि सहकारी प्रकरण जोडिएको भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका हुन्।

सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेका बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय