अमिताभ बच्चन स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चन स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय बच्चन आज शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन् ।

दैनिक भास्करका अनुसार एन्जियोप्लास्टी गर्न उनी अस्पताल भर्ना भएको खुलेको छ ।

मुटुमा रक्तसञ्चार गर्ने धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टी गरिन्छ। जीवनशैली परिवर्तन र औषधि सेवन गर्दा पनि रक्तसञ्चार प्रकियामा सुधार नभएपछि एन्जियोप्लास्टी गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय