सरकार र लघुवित्त पीडितबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं। सरकार र आन्दोलनरत लघुवित्त पीडितबिच सहमति भएको छ।यसअघी लघुवित्तपीडित संघर्ष समितिसँग पटक पटकको वार्ता निश्कर्षविहिन हुँदै आएकोमा आजको वार्ता टुँगोमा पुगेको हो।

सरकार र पीडितबिच अर्थ मन्त्रालयमा भएको वार्तामा लघुवित्तपीडित संघर्ष समितिसँग ६ बुँदे सहमति गरिएको स्रोतले जनाएको छ। सहमतिपत्रमा सरकारी टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षबाट केन्द्रीय अध्यक्ष पुनाराम ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ। ६ बुँदे सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय