घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

इन्डियन आयल कर्पोरेसनले हिजो शुक्रबार पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको निगमले सूचना जारी गरी जनाएको छ।

निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको हो।

घटाइएको मूल्य गएरातीदेखि लागु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय