कांग्रेसबाट निरन्तर धोका भएकाले नयाँ गठबन्धन बन्यो: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट निरन्तर धोका भएकाले नयाँ गठबन्धन बनेको बताएका छन् ।

आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

यस्तै उनले केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा गर्नु भएको बताए।

कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धार बलियो बन्दै जाने हुँदा त्यसलाई चिर्न नयाँ गठबन्धन बनेको उनको प्रष्टीकरण छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय