इंग्लिस प्रिमियर लिगमा फुलहमसँग टोटनहम पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमलाई घरेलु टोली फुलहमले ३–० गोलले हराएको हो । गएराति भएको खेलमा फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरे ।

जितसँगै फुलहम २९ खेलबाट ३८ अङ्क सहित तालिकाको १२ औं स्थानमा छ । २८ खेलमा ५३ अङ्क रहेको टोटनहम पाचौँ स्थानमा छ । फुलहमसँगको हारले टोटनहमले चौथो स्थानमा उक्लने मौका गुमाएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलीले ब्रेन्टफर्डलाई २–१ गोलले पराजित गरेको छ । यस्तै लुटन टाउन र नटिङ्हम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय