हृदयाघातका कारण सांसद मन्जु शर्माको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएको छ । उनी जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट समानुपातिक सांसद थिइन् ।

उपचारका क्रममा आइतबार बिहान मीनभवनस्थित सिभिल अस्पतालमा अन्सारीको निधन भएको जसपाले जनाएको छ ।

हृदयाघातका कारण उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा उनी सांसद बनेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय