फागु पर्व विधिवत् सुरु

काठमाडौं । काठमाडौंको वसन्तपुर अगाडि विधिवत् रूपमा चिर ठड्याएसँगै होली अर्थात फागु पर्व सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा आइतबार रंगीविरंगी कपडाको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरंगी कपडाका टुक्रासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि देशभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चीर ठड्याउने गरिएको र त्यसपछि विधिवत् रूपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरूको भनाइ छ ।

चन्द्र मासअन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौं उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात होली पर्व मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय