अस्ट्रेलियामा छायांकन हुने ‘सिड्नी ब्लुज’ मा पुष्प खड्का र अञ्जना अनुबन्धित

काठमाडौं । कलाकार पुष्प खड्का र अञ्जना बराइली चलचित्र ‘सिड्नी ब्लुज’ मा अनुबन्धित भएका छन्। निर्देशक शंकर कार्की को फिल्मको लािग निर्माण टिम र उनीहरूबीच कागजी सम्झौता भएको हो।

हाल प्रि–प्रोडक्सनमा रहेको फिल्ममा पुष्प र अञ्जनासँगै रवीन्द्र झा, शिव आर ठकुरीलगायत कलाकारको अभिनय रहनेछ । यो फिल्म २०२४ जुनदेखि छायांकनमा जाने बताइएको छ। फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए।

फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय