राप्रपाबाट तीन जना निलम्बित

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठलाई कुटपीट गरेको आरोपमा सहायक महामन्त्री प्रेम बलायर सहित तीन जना निलम्बित भएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा चार वर्षका लागि निलम्बित गरेका हुन्। गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो।

राप्रपा बैठकमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेको आलोचना गरेको भन्दै फागुन २७ गते श्रेष्ठमाथि कुटपिट भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय