गृहमन्त्री मुछिएको प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

संसदको आज सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए ।

‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय