रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न रास्वपा सांसदको आगह

काठमाडौं । रास्वपाका सांसद अशोककुमार चौधरीले रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न आग्रह गरेका छन्।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन्।

यसअघि बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका थिए। त्यसको जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय