काठमाडौं । राजीव गुरुङ ‘दीपक मनाङे’ लाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका छन्।
मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएका मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। आइतबार मात्रै उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा संसद् सचिवालयमा निवेदन दिएका थिए।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत प्राप्त गरेर सरकार बनाउन ३१ जना सांसदहरू आवश्यक हुन्छन्। अहिले गण्डकीमा काँग्रेसका २७ जना, एमालेका २२, माओवादी केन्द्रका ७ जना सभामुखबाहेक, राप्रपाका २ जना र एकजना दीपक मनाङे छन्।