कृष्णबहादुर महरालाई लगियो केन्द्रीय अनुसन्धान ब्यूरो

काठमाडौं। सुन तस्करी प्रकरणमा रुपन्देहीमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई विमानबाट काठमाडौं ल्याइएको छ। महरा आज बिहान रुपन्देहीबाट पक्राउ परेका थिए।काठमाडौँ ल्याइएसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ।

भेप प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ। सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो। उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय